कञ्चनपुरका सशस्त्र प्रहरीले सीमावासीलाई कपाल काट्ने तालिम दिँदै !

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रका स्थानीयलाई कपाल काट्ने तालिम दिइरहेको छ । सशस्त्र प्रहरीको नं ४३ गण हेक्वा वनभेडाको आयोजनामा बेलौरी नगरपालिका-१० भुडामा एकहप्ते कपाल काट्ने तालिम सुरु गरिएको हो ।

उक्त तालिम सशस्त्र बिओपी भुडा र बिओपी पचुईको कार्यक्षेत्रमा दिइँदैछ । सीमावासीहरुसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत कपाल काट्ने तालिम दिइएको सशस्त्र प्रहरी बिओपी भुडाका इन्चार्ज जोगबहादु पुनमगरले बताए ।

धनगढी सूचना

उनका अनुसार यो तालिम १४ गतेसम्म चल्नेछ । तालिम सुरु भएको ३ दिन भइसकेको छ । जसमा अहिलेसम्म करिब १५ जना बढीले कपाल काट्ने तालिम लिइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार