धनगढी : ९ औं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सघ कैलालीको आयोजनामा महोत्सव सुरु भएको हो ।
महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको महोत्सव पुस १५ गते सम्म सन्चालन हुनेछ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सघ कैलालीका अध्यक्ष भिम पडालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सन्चालन पत्रकार सिताराम ओझाले गरिरहेका छन् । महोत्सवमा अहिले विभिन्न वक्ताहरुले मन्त्यव्य राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्