कैलालीको लम्कीचुहाका विद्यालयमा झोला वितरण गर्ने नाममा ‘बाइबल’को प्रचार

धनगढी : कैलालीको लम्कीचुहाका सामुदायिक विद्यालयमा झोला वितरण गर्ने नाममा बाइबल र यसुको प्रचार गरिन थालेको छ। स्थानीय इसाई पास्टरहरूले सामुदायिक विद्यालयमा गएर झोला वितरण गर्दै इसाई मतको प्रचार गर्न थालेका हुन्।

केही वर्षदेखि लम्कीचुहा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा विपन्न विद्यार्थीलाई सहयोग गर्ने नाममा कलिला बालबालिकाको आस्था परिवर्तन गर्ने कामले तीव्रता पाएको छ। स्थानीय पास्टरहरूले शिक्षकहरूको सहयोगमा इसाई रिलिजनको प्रचार गर्न थालेका हुन्।

धनगढी सूचना

धर्मनिरपेक्षता शब्दको दुरुपयोग गर्दै इसाईहरूले लम्की क्षेत्रमा हिन्दु बालबालिकाहरूलाई आफ्नो मतमा तान्ने अभियान विद्यालयहरूमा चलाउँदै आएको स्थानीयले गुनासो गरेका छन्। पास्टरहरूलाई शिक्षकहरूले इसाई मत फैलाउन सहयोग गरेको केही स्थानीयहरूको दाबी छ । चार दिन अगाडि लम्कीचुहा नगरपालिका–१ मा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा ३० थान झोला र ३० थान लुगा वितरण गर्ने नाममा स्थानीय पास्टर जनमेजय भट्टराईले बाइबल र इसुको प्रचार गरेका छन्।

कलिला बालबालिकाहरूलाई विद्यालयको चौरमा बसालेर लाउड स्पिकरको प्रयोग गर्दै शिक्षकहरूकै प्रयोग गरेर पास्टर भट्टराईले हरेक वर्ष लम्की क्षेत्रका सामुदायिक विद्यालयमा आस्था परिवर्तन गर्ने प्रयत्न गर्दै आएका छन्।

पास्टर भट्टराईले विद्यालयमा इसाई रिलिजन प्रचार गर्न लाग्दा विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको भिडियोहरूमा देखिन्छ। तर, बाइबल र इसुख्रिष्टको बारेमा प्रचार गरेको विषयमा आफूलाई कार्यक्रम सकिएपछि मात्रै जानकारी भएको शहिद स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार