धनगढी र टीकापुरमा सवारी दुर्घटना, २ जना घाइते

धनगढी : कैलालीको धनगढी र टीकापुरमा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा २ जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१९ धामी चोकमा सुदूरपश्चिम प्रदेश ०१०११ प २१२७ नम्बरको स्कुटर पल्टिदा ३२ वर्षीया एक महिला घाइते भएकी छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

SHIKHAR COOL TECH

यस्तै टीकापुर नगरपालिका–१ डुडेझारीमा सुदूरपश्चिम प्रदेश ०१००८ प २७७८ नम्बरको मोटरसाइकल पल्टिदा २५ वर्षीय एक युवक घाइते भएका छन्। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार