दार्चुलामा सखाप हुँदै सुन्तला रोग पहिचान गर्न नमुना सङ्कलन

धनगढी : दार्चुलामा सुन्तला जातका फलफूलमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रोगको प्रकोपका कारण सुन्तलाका बोटहरू सुकेर सखाप हुन थालेका छन् ।

सुन्तलाका बोटहरू टुप्पोबाट सुक्दै जाने, उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने र बोट सखाप हुने समस्या देखिएको लेकम गाउँपालिका–५ का कृषक शेरसिंह धामीले बताए। सुन्तलाका बोटहरू सुक्न थालेपछि ठुलो क्षति बेहोर्नु परेको कृषकको भनाइ छ । विगतमा राम्रो उत्पादन दिने सुन्तला बगैँचामा अहिले सुन्तला सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

Seti Hospital

सुन्तलाका शङ्कास्पद नमुनामा यापिड टेस्ट (द्रुत परीक्षण) गर्दा ‘सिट्रस ग्रिनिङ पोजेटिभ’ देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दार्चुलाका प्रमुख कमल तामाङले जानकारी दिए । दार्चुलाभरि सुन्तला सखाप हुने जोखिम देखिएपछि ‘सिट्रस ग्रिनिङ’ रोगको नमुना सङ्कलन गरी परीक्षणका लागि गण्डकी प्रदेशको बाली संरक्षण प्रयोगशाला पोखरा पठाउने तयारी भइरहेको उहाँले बताए ।

दार्चुलाको व्यास, दुहुँ, मालिकार्जुन, लेकम गाउँपालिका र महाकाली नगरपालिका गरी पाँच वटा स्थानीय तहका शङ्कास्पद बगैँचाबाट नमुना सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउन लागिएको उहाँले बताए । जेठ महिनामा सङ्कलन गरिएको ७४ नमुनाको ‘यापिड टेस्ट’ मध्ये २८ वटामा ग्रिनिङ सङ्क्रमण देखिएको र सोही नमुनाको पिसिआर परीक्षण गर्न गण्डकी प्रदेशको बाली संरक्षण प्रयोगशाला पोखरा पठाउन लागिएको उहाँले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दार्चुलाका प्रमुख कमल तामाङ, कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत शिशिर आचार्यसहित पिसिआर परीक्षणका लागि नमुना सङ्कलन गर्न सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चर टीकापुरका उपप्राध्यापक (बालीरोगविज्ञ) आशिष घिमिरेको नेतृत्वको प्राविधिक टोलीले दार्चुलाका पाँच वटा स्थानीय तहमा पुगेर नमुना सङ्कलन गरेको छ । पिसिआर परीक्षणपछि सुन्तलामा देखिएको रोगबारे यकिन हुने उहाँले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार