बाजुरामा गएको भूकम्पले ७ सय संरचना ध्वस्त, ५० परिवार त्रिपालमूनी

बाजुरा : शनिबार बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झडै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । बाजुरामा निजी र सरकारी गरी छ सय ८४ वटा संरचनामा क्षति पुगेको हो । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी छ सय ५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । 

धनगढी सूचना

जगन्नाथमा सबैभन्दा बढी दुई सय ८९ वटा घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ । यसै गरी बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक गाउँपालिकामा एक सय ४२ भवनमा पूर्ण क्षति भएको जनाइएको छ । 

भूकम्पले जगन्नाथ–५ दर्जीका ४६ घर पूर्ण क्षति र ८६ घरमा आंशिक क्षति भएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । ‘दर्जी टोलका ५० घर परिवार चिराचिरा परेकाले त्रिपालमुनि रात काटिरहेका छन्,’ जगन्नाथ–५ का वडाध्यक्ष गौरी सार्कीले भने ।  विस्थापित परिवारलाई रेडक्रसले उपलब्ध गराएका र गाउँघरकै त्रिपाल जुटाएर काम चलाएको वडाध्यक्ष सार्कीले बताए ।

भूकम्पका कारण छ सय २६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार