परशुरामका मेयर जोशीको घोषणा : नगरपालिकाले जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने !

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । परशुराम–३ शिर्षमा नगरपालिकाले आयोजना गरेको ‘मेयर–केयर’ स्वास्थ्य विशेषज्ञ शिविर कार्यक्रममा मेयर भरत बडायर जोशीले सो घोषणा गएका हुन् ।

विगतमा स्वास्थ्य बीमामार्फत निःशुल्क चेकजाँच हुने गरेको भएकोमा उक्त प्रक्रियाबाट जेष्ठ नागरिकलाई समस्या हुने भएकोले अब जोगबुडा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिइने मेयर भरत जोशीले जानकारी दिए ।

धनगढी सूचना

शिविरबाट वडा नम्बर ३ का करिब १ सय जनाले वडामै स्वास्थ्य जाँच सेवा लिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र शिर्षका प्रमुख युवराज डाँगीले जानकारी दिए । हरेक महिनाको पहिलो सोमबार जोगबुडा अस्पतालबाट विशेषज्ञसहितको टोली शिर्षमा आउने र नागरिकको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए । नगरपालिकाले हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण समेत गरिरहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा विद्यार्थी स्वास्थ्य प्रोफाइल राखेकोमा सोही अनरुप यहाँका सबै विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरि अध्यावधिक गरिन लागेको स्वास्थ्य शाखा परशुरामका प्रमुख हिक्मत धामीले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार