बाजुरामा हिउँ पर्‍यो,जनजीवन प्रभावित

बाजुरा । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात सुरु भएको छ । सोमबार साँझदेखि सुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो । मङ्गलवार बिहानसम्म जिल्लाको हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जम्न सुरु भैसकेको छ।

वर्षा सँगै हिमपात सुरु भएपछि स्थानीय कृषक भने बाली राम्रो हुने भन्दै उत्साहित भएका छन् भने चिसोले जनजीवन भने निकै प्रभावित भएको छ। हिमपातले गहुँ, जौ ,उवा र हिउँदे तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार