नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

इटहरी । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औँ महाधिवेशनबाट अर्का प्रतिस्पर्धी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । 

थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सीमित रहे । यसअघि थापा जेसीज वर्ष २०२४ का अध्यक्ष रबिन केसीसँग पराजित भएकी थिइन् । यस्तै, जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भए । 

Seti Hospital

यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् । 

मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन् । 

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित) एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने तीन जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार