अत्तरिया उधोग बाणिज्य संघको बिबाद : आज अत्तरियामा ब्यबसायीहरुको भेला हुँदै !

कैलाली : कैलालीको अत्तरियामा ब्यबसायीहरुले भेला बोलाएका छन् । आज मंगलबार  दिउँसो १ बजे अत्तारिया उधोग बाणिज्य संघको सभा हलमा भेला बोलाइएको हो । भेलाको लागि बजारमा माइकिङ समेत गरिएको छ । 

संघबाट राजीनामा दिएका ११ जनाले उधोग बाणिज्य संघबाट दिनुपरेको राजीनामा लगाएतका बिषयमा ब्यबसायीहरुलाई प्रष्ट पार्न भेला बोलाइएको संघका निबर्तमान महासचिव शंकर खड्काले बताए ।

SHIKHAR COOL TECH

उनले भने “आम ब्यबसायी, राजनीति दलका प्रतिनिधि , बुद्धिजीवी र नागरिक समाजका ब्यक्ति हरु माझ हामीले राजीनामा दिनुको कारण , संघको अहिलेको अवस्था र अध्यक्षले बिशेश अधिबेशनमा जानू को साटो अरु अरु अनुचित कदम थाल्न खोजेकाले भेला बोलाएका हौँ। ब्यबसयी साथीहरूका कुरा पनि सुन्छौ र हाम्रा कुरा नि राख्छौ। अल्पमतमा परेका अध्यक्षले बिधान को ब्याख्या पनि गलत गरेर भ्रम छर्न खोजेकाले भेला बोलाएका हौ ।” 

उता ११ जनाले राजनीति दिएपछि अप्ठ्यारोमा परेका  अध्यक्ष कल्याण सिँ बोहरा भने कार्य समितिमा मनोनीत गरेर भएपनि कमिटीमा आफ्नो बहुमत पुर्याउने पक्षमा छन् । समिति पुर्ण गरेर महोत्सव लगाउने उनको चाहाना रहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार