‘चतुरबहादुर’ एनपीएल सफलताका सूत्रधार

काठमाडौँ : नेपाली खेलकुद इतिहासकै सर्वाधिक धनराशीको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल ) हालै काठमाडौंमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तराष्ट्रिय क्रिकेट मैदान,कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदैं जनकपुर बोल्ट्स च्याम्पियन भयो ।

जनकपुर च्याम्पियन मात्रै भएन उसले खेलकुद इतिहासै सबैभन्दा बढी पुरस्कार एक करोड १० लाख पायो । उपविजेता सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ६ गते समापन भयो । पहिलो संस्करण सफलताका साथ सम्पन्न भएको एनपीएल विश्व क्रिकेटकै नजरमा राखे ।

Seti Hospital

ठुलो संख्यामा विदेशी क्रिकेटरहरूको आगमन, करोडौँको लगानी, विश्वकै अग्रणी स्पोट्र्स च्यानल स्टार स्पोट्र्समा प्रत्यक्ष प्रसारण, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका साथ नेपालमा क्रिकेटको क्रेजले गर्दा एनपीएलले अधिक चर्चा पाएको मानिन्छ ।

एनपीएल सफलताका साथ सम्पन्न गर्न र विश्वकै ध्यान तानिनुको श्रेय नेपाली क्रिकेटको सर्वोच्च संस्था आयोजक क्यानलाई जान्छ । यो प्रतियोगिता सम्पन्न गराउने अहम भूमीका क्यानका अध्यक्ष चतुरबहादुर चन्दको रहेको थियो । एनपीएल गर्ने चन्दको सपना पूरा भएको छ ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गराएको निर्वाचनमार्फत पहिलो पटक वैधानिक रूपमा अध्यक्ष चुनिएपछि दोस्रो बैठकमै अध्यक्ष चन्दले नेपाल क्रिकेट संघको आफ्नै फ्रेन्चाइ लिग हुनु पर्छ भन्दै एनपीएलको आयोजना गर्ने निर्णय गर्नुभएको थियो । सो समय सञ्चालनमा रहेका तीन फ्रेन्चाइ क्रिकेट एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगलाई क्षेत्रीय लिगका रूपमा मान्यता दिएको र एनपिल गर्ने एजेन्डा रहेको थियो ।

क्यानले सोही अवधारणामै दुई वर्ष अगाडी नेपाल टी–२० लिगको आयोजना गरेको थियो । पहिलोपटक विभिन्न बाधा अवरोधकाबीच नेपाल टी–२० लिग सम्पन्न भयो तर सोचेअनुसार प्रतियोगिता सम्पन्न हुन नसके पनि सिकाईका रुपमा लियो । सोही सिकाईपश्चात अध्यक्ष चन्दले आफ्नो नयाँ कार्यकालमा नेपाल प्रिमियर लिग(एनपीएल ) को आवधारणा अगाडी बढाउनुभयो ।
अध्यक्ष चन्दले एनपीएल सफल पार्न सचिव पारस खड्काको संयोजकत्वमा ३ सदस्यीय गभर्निङ काउन्सिल समिति गठन गर्नुभयो । खड्कालाई अध्यक्ष चन्दले एनपीएल गराउन पूर्ण अधिकार र जिम्मेवारी दिनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्षत्मक प्रणालीमा सञ्चालन हुने संस्था हो, जहाँ अध्यक्षको नेतृत्व र निर्देशनमा संघका सबै गतिविधि र निर्णयहरू अगाडि बढाइन्छ । क्यानले आफ्नो संस्थागत संरचनाभित्र सबै सदस्यहरूको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गर्दै, सामूहिक सहकार्य र जिम्मेवारीको बोधमार्फत लक्ष्य प्राप्तिका लागि काम गर्ने संस्था हो ।

एनपीएलको सफल आयोजना यसको उत्कृष्ट उदाहरण हो । अध्यक्ष चन्दको कुशल नेतृत्वमा, गभर्निङ काउन्सिलका संयोजक एबं सचिव पारस खड्काको महत्वपूर्ण योगदान र संघका सम्पूर्ण साथीहरूको सामूहिक प्रयासले यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो ।

अध्यक्षत्मक प्रणालीले नेतृत्वलाई प्रभावकारी बनाउन र संस्थागत संरचनालाई बलियो राख्न मद्दत गर्दछ । यही प्रणालीभित्र सबै सदस्यहरूको आ आफ्नो जिम्मेवारीप्रतिको समर्पणले नेपाली क्रिकेटलाई अझै उचाइमा र्पुयाउने मार्ग प्रशस्त गरेको छ ।

क्रिकेटको विकासका लागि ३ दशकदेखि लागिरहनुभएका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलपश्चात नेपालमा क्रिकेटको नयाँ युग सुरु भएको बताउनुभएको छ ।
बैतडी जिल्ला दशरथचन्द नगरपालिका ५ घर भएका अध्यक्ष चन्दको यो सफलताको पछाडी निकै संघर्ष रहेको छ । सुदूरपश्चिम प्रदेशबाट नेपाली क्रिकेट जगतमा खेलाडीको दबदबा हुनुमा पनि अध्यक्ष चन्दलाई नै श्रेय जान्छ ।

बैतडीमा ३० वर्ष पहिला स्थापना भएको दशरथचन्द एकेडेमीका संस्थापक समेत अध्यक्ष चन्द रहनुभएको थियो । यो एकेडेमी जिल्लाकै पहिलो एकेडेमी हो ।
एकेडेमीस्थापनापश्चात जिल्लामा उमेर समूहका प्रतियोगिता समेत सञ्चालन गरिन्थे । प्रतियोगिता संगसंगै जिल्ला क्रिकेट संघलाई आधिकारिकता प्रदान क्लब दर्ता लगायतका कामहरु भए ।
बैतडी जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष हुँदै प्रदेश र केन्द्रीय अध्यक्ष पुग्दासम्म क्रिकेटको विकासमा चन्दको निकै योगदान रहेको छ ।

विकास क्षेत्र रहदा सुदूरपश्चिमका खेलाडीले नेपालगञ्ज पुगेर खेल्नुपर्ने बाध्यता अन्त्य गर्दै क्षेत्र नम्बर ६ बैतडी स्थापना गरेर सुदूरपश्चिममा क्रिकेटको विकासमा मद्दत पुग्यो । त्यसपछि सुदूरपश्चिमका खेलाडीको राष्ट्रियस्तरमा दबदबा हुन थाल्यो । सो समयदेखि दबदबा अहिले पनि कायमै छ । उहाँकै जगले गर्दा हाल पनि सुदूरपश्चिम प्रदेशलाई क्रिकेटको उर्वरभूमीका रुपमा चिनिन सफल भएको छ ।

जिल्ला,प्रदेश हुँदै केन्द्रीय अध्यक्ष बन्न सफल ,आलोचना देखि निलम्बन जस्ता बाधा ,अबरोध लाई छिचोल्दै विपक्षी खेमालाई समेत साथमा लिई नेपाली क्रिकेट क्षेत्रलाई विश्वसामु उत्कृष्ट प्रमाणीत गर्न सफल तथा नेपाल प्रिमियर लिगलाई भव्यता साथ सम्पन्न गर्न चन्दले गराए ।

एनपीएललाई ठुलो ब्राण्डको रुपमा स्थापित बनाउदै क्रिकेट प्रेमीमा क्यानप्रति थप विश्वास बढाउन सफल भएको छ ।
नेपालले दुई पटक विश्वकप टी–२० क्रिकेट खेल्यो । जुन राष्ट्रिय गौरवको कुरा हो । जसको तुलना हुनै सक्दैन । त्यसैले एकदिवसीय मान्यता जोगाउन, एसिया कप खेल्नु पनि अन्य ठुला उपलब्धि हुन् । एनपीएलले नेपाली घरेलु क्रिकेटलाई लोकप्रियताको शिखरमा पुर्याउने काम गरेको छ ।

एनपीएलले देशको पहिचान गराएको छ । देशभरका होटेल चलायमान भए, यातायात व्यस्त बने । यसले खेल पर्यटनलाई बलियो बनाए देशकै अर्थ व्यवस्थामा ठुलो टेवा दिन्छ जस्तो लाग्छ । क्रिकेटका हस्ती ब्रायन लारा नेपालमा आएपछि नेपालका बारेमा विश्वकै चासो बढ्यो । भारतीय क्रिकेटरले शिखर धवनले कर्णाली याक्सबाट खेले यसले एनपीएलको उचाई थप बढको छ ।
एनपीएलले क्रिकेटको विकास मात्रै नभएर पर्यटन प्रर्वद्धनमा पनि टेवा पुगेको छ । यहाँको आर्थिक उन्नती,व्यापार व्यवशायका पनि फाइदा पुगेको छ । विदेशी खेलाडीसंग खेल्दा अनुभव साटासाट,सामिप्यता बढेको छ ।

नेपाली खेलाडी अक्सनमार्फत लाखौंमा किनिए । जसले खेलाडीको आर्थिक उन्नती र विदेशी फ्रेन्चाइजी लिगहरुमा नेपाली खेलाडी खेल्न जानेछन् ।
प्रतियोगिता सम्पन्न मात्रै भएको छैन् यसको निरन्तरताको पनि चुनौती थपिएको छ । थप उपयुक्त खेलमैदान बन्न नसके अगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन असहज हुनेछ ।
पहिलो संस्करणको सिकाईले आगामी दिनमा थप व्यवस्थापनका साथ प्रतियोगिता सञ्चालन हुनपर्नेछ ।

एनपीएलको पहिलो संस्करणमै मैदानमा प्रत्यक्ष खेल हेर्न दर्शकको दिनहुँ आएको देखियो । अहिलेको पूर्वाधारले दर्शकको चाप थेग्न सकेन्  । आगामी दिनमा बढीभन्दा बढी दर्शकले रंगशालामै गएर खेल हेर्नका लागि पनि रंगशालालगायत पूर्वाधार विकासको खाँचो देखियो । काठमाडौंमा कम्तीमा दुइटा र बाहिर ३–४ वटा अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न रंगशाला आवश्यक छ । यसतर्फ एनपीएलको सफलता र दर्शकको चापले राज्य र क्यान दुवैलाई चर्को दबाब दिएको छ ।

नेपाली क्रिकेट प्रेमीका बीचमा छुट्टै माहोल खडा गर्न सफल भएको एनपीएलमा ८ वटा फ्रेन्चाइज टिम सहभागी भएका थिए । विश्वस्तरमा आफ्नो पहिचान बनाइसकेका विदेशी खेलाडीसमेत सहभागी भएको एनपीएलले सबैको ध्यान खिच्न सफल रह्यो ।
एनपीएलमा जनकपुर बोल्ट्स,सुदूरपश्चिम रोयल्स,कर्णाली याक्स,चितवन राइनोज,काठमाडौं गुर्खाज,पोखरा एभेन्चर,विराटनगर किंस,लुम्बिनी लायन्स सहभागी थिए । जसमध्ये जनकपुर पहिलो हुँदै एक करोड १० लाख,सुदूरपश्चिम दोस्रो भएर ५१ लाख, कर्णाली याक्स तेस्रो स्थानमा रहेर २५ लाख र चौथो स्थानमा रहेको चितवनले १५ लाख पुरस्कार पाए ।

सुदूरपश्चिम रोयल्सका कप्तान समेत रहनुभएको दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट नेपाली खेलाडीको रुपमा कार पुरस्कार पाए । यस्तै जनकपुरका ललित राजवंशी उत्कृष्ट बलर भएर मोटरसाइकल जिते । कर्णालीका विपिनप्रशाद शर्माले उदयीमान खेलाडीको रुपमा घोषित भए ।

क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सम्पन्न भएको छ । नेपाल र विश्वको विभिन्न देशका क्रिकेट स्टारहरू सम्मिलित आठ वटा नेपाली टिमबीच भएको रोमाञ्चकारी प्रतिस्पर्धाले बिर्सिन नसकिने प्रतियोगिताको रूपमा एनपीएललाई स्थापित गरिदिएको छ । नेपालमा व्यावसायिक खेलको विकासका लागि महत्वपूर्ण जग बसाउन एनपीएल सफल भएको मानिएको छ । यसका साथै गाउँगाउँमा क्रिकेटको क्रेज बढको छ । क्रिकेटको क्रेजसंगै सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार