एनपीएलका उत्कृष्ट खेलाडी दीपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने !

Call24News

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोउत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बने । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका छन् । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई–५ कार प्रदान गरेको छ ।

धनगढी सूचना

९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको व्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ पर्छ । दिपेन्द्रले पाएको कारको कर कट्टी आयकर ऐनको दफा ८८ ‘क’ उल्लेख भए बमोजिम हुने छ ।

उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ । यसअनुसार उनले पाँच लाख सम्मको पुरस्कार नपाएको खण्डमा कर छुट हुने छ । यो अवस्थामा उनले १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको अवस्थामा भने उनले १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने र छुट भने दिन सक्ने छ । दिपेन्द्रले यातायात कार्यालयमा गाडी नामसारी गर्नुअघि नेपाल सरकारले कर छुट नदिएको अवस्थामा भने उनले कर तिर्नुपर्ने छ । यातायात कार्यालयमा गाडी आफ्नो नाममा नामसारी गर्दा खरिद गरेको प्रमाण वा पुरस्कारको हकमा कर तिरेको प्रमाण पेस गर्नुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार