मानवबेचबिखन विरुद्धकी अभियन्ता दनुवारको निधन

Call24News

काठमाडौं : मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा अचेत फेला परेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो । सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई परिवारका सदस्यले तुरुन्त अस्पताल लगेका थिए । उनको हृदयघातका कारण निधन भएको बुझिएको छ । सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।

धनगढी सूचना

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो । दनुवारको श्रीमान, एक छोरा र छोरी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार