रवि लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा. निकोलस भुसाल पक्राउ

Call24News

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ काठमाडौंको थली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।

भुसालले लामिछानेलाई भेट्न कास्की प्रहरी कार्यालय पुगेका बेला सिसिटिभीमा देखिएको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकार गरेका छन् । फेसबुक लाइभ मार्फत भुसालले भनेका थिए, ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यो बेला कसैले केही भनेन । गल्ती भएको स्विकार्छु ।’

धनगढी सूचना

यस घटनाले सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले छानबिनको निर्देशन दिएका थिए । कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको यो कार्य साइबर कानुनको उल्लंघन भएको जनाएको छ । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने तयारी भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार