गोदावरीमा भन्सार छलीका जाडोमा लगाउने लुगा बेवारिसे फेला

Call24News

धनगढी : गोदावरीमा प्रहरीले भन्सार छलीको जाडोमा लगाउने लुगा बेवारिसे अवस्थामा फेला पारेको छ ।

आइतबार बिहान गोदावरी नगरपालिका-४ स्थित सडकखण्डमा बेवारिसे अवस्थामा जाडोमा लगाउने लुगाहरु (टोपी, पन्जा, गलबन्दी, लेडिज सलहरु, मखलर र थान कपडा) बेवारिसे अवस्थामा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको टोलीले एक लाख ४८ हजार ८८० को उक्त कपडाहरु बेवारिसे अवस्थामा भन्सार छलीको सामान फेला पारी बरामद पारेको जनाएको छ ।

बरामद सामान भन्सार कार्यालय कैलाली बुझाइएको मालाखेती प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार