शैक्षिक गुणस्तर मापन गर्न विद्यालयहरुमा विज्ञहरुको टोली

Call24News

बैतडी : बैतडीमा माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने विज्ञहरुको टोली विद्यालयहरुमा परिचालन भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार जिल्ला सदरमुकाममा केहीदिन पहिला प्रधानाध्यापक र सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गरेको टोली अब विद्यालयहरुमा खटिएको हो ।

एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जनाको विज्ञ टोली खटिएको छ । टोलीले विद्यालयमै पुगेर विद्यालयहरुको समग्र अवस्थाबारे अध्ययन गरिरहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण गरिरहेको केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताए ।

धनगढी सूचना

विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने जनाइएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य अनुरूप परीक्षण भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार