आफैंमाथि गोली चलाउने असई चन्दले दिए राजीनामा

Call24News

धनगढी : अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले राजीनामा दिएका छन्। सो प्रकरणमा छानबिन गर्दा दोषी देखिएपछि चन्दले राजीनामा दिएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनलाई बर्खास्त गर्न सिफारिस गरेपनी सो कारबाहीबाट उन्मुक्ति दिएर उनको राजीनामा स्वीकृत गरिएको हो। केही दिन अगाडिमात्रै चन्दले राजीनामा दिएको र स्वीकृत भैसकेको स्रोतले जनाएको छ।

धनगढी सूचना

त्यस अगाडि सो घटनामा सुदूरपश्चिमका तत्कालीन डीआईजी रविन्द्र केसीले एक छानबिन समिति बनाएर छानबिन गरेका थिए। त्यसपछि समितिले रिपोर्ट बुझाएको थियो।

सो रिपोर्टमा असईको गल्ती ठहर गर्दै उनलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको थियो। घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको डोटी प्रहरीका प्रहरी उपरीक्षक(एसपी) बिनोद शर्माको नेतृत्वमा समिति बनाएको थियो। त्यसपछि समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको थियो।

चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो।
अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाएका थिए।

घटना भएको दिन चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेकोमा भागेपछि आफैंलाई हानेका थिए। उनले त्यसअघि कैलालीमा हुँदा समेत एक जना प्रहरी निरीक्षकलाई पेस्तोल ताकेका थिए।

यो पटक भने हवल्दारसँग विवादका क्रममा मदिरा सेवन गरेका चन्दले पेस्तोल ताकेपछि भागेकोमा उनले आफैंलाई पेस्तोल हानेका थिए। त्यसपछि उनको उपचार थालिएकोमा अहिले उपचाररत छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार