कैलाली मोडेल स्लुलले गरेको फोहर संकलन प्रतियोगितामा एसपिए प्रथम

Call24News

धनगढी : कैलालीको धनगढीस्थित कैलाली मोडेल माध्यमिक विद्यालयले रन फर वेस्ट कलेक्सन प्रतियोगितामा उत्कृष्ठ समूहलाइ पुरस्कार बितरण गरेको छ।

कैलाली मोडेलको सामाजिक क्लबको आयोजनामा गरिएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दुई टिमलाई प्रदान गरिएको छ। शनिवार आयोजित कार्यक्रममा धनगढीका १० विद्यालयका ४२ समूहको सहभागिता रहेको थियो।

SHIKHAR COOL TECH

हिँड्दै फोहर संकलन गर्ने प्रतियोगितामा सबैभन्दा बढी फोहर संकलन गर्ने पाँच समूहलाई पुरस्कृत गरिएको छ। प्रथम र द्वितीय स्थान हासिल गरेको एसपिए कलेजका विद्यार्थी समूहले क्रमशः ३६ दशमलव ९ किलोग्राम तथा १७ दशमलव ९३ किलोग्राम फोहर जम्मा गरेका हुन्।

यस्तै, तृतीय हुुने चैतन्य पाठशालाका विद्यार्थीको समूहले १५ दशमलव ६७ किलोग्राम, चौथो हुुने ऐश्वर्य विद्या निकेतनको समूहले १५ दशमलव २२, र पाँचौ हुने अलाइन्स विद्यालयले १२ दशमलव ५६ किलोग्राम फोहर जम्मा गरेको सामाजिक क्लबका अध्यक्ष अनिल अवस्थीले बताए।

हाम्रो धनगढी सफा धनगढी अभियान अन्तर्गत सरसफाइ अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले बताए। उनले सफा धनगढी अभियानमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए। सिंहले सरसफाइ कार्यक्रमलाई हामी सबैले निरन्तरता दिनुपर्ने बताएका छन्।

हरेक समूहमा दुई जना विद्यार्थी रहेका थिए। बिजेता समूहलाई विद्यालयमा आयोजित कार्यक्रम पुरस्कृत गरिएको थियो। प्रथम, द्वितीय, तृतीय र सन्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः पाँच  हजार, तीन हजार, दुई हजार तथा १ हजार प्रदान गरिएकोे छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार