महेन्द्रनगर बजारमा सहरी विकास परियोजना अस्तव्यस्त

Call24News

कञ्चनपुर : महेन्द्रनगर बजारमा सहरी विकास परियोजना अन्तर्गतको सडक स्तरोन्नति कार्य अस्तव्यस्त बनेको छ। सडक कालोपत्रे भए पनि बिजुली र टेलिफोनका पोल बीचमै रहँदा र खाल्डाखुल्डी पुरिन नसक्दा समस्या उत्पन्न भएको छ।

एसियाली विकास बैंकको सहयोगमा सुरु भएको यस परियोजना ६ वर्षपछि पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोल सार्न ढिलाइ गर्दा सडक निर्माणको प्रगति प्रभावित भएको भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले बताए।

पहिलो चरणमा १४ किलोमिटर सडक स्तरोन्नति र अन्य भौतिक पूर्वाधार निर्माण लगभग ९६ प्रतिशत सम्पन्न भएको छ। दोस्रो चरणको कामका लागि पनि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार