काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
सुदूरपश्चिमका लागि ओपनर सैफ जैब अर्ध शतक बनाए । उनले ४३ बलमा ६९ रन बनाए ।
अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान दिए । भण्डारीले ३१ बलमा ४१ रन बनाए । हरमित सिंहले १४ रन बनाए । उनले ८ बलमा १४ रन जोडे । ब्रेन्डन मक्मेलनले पनि १४ रनको रनको योगदान दिए । उनले १२ बलमा १४ रन जोडे ।
प्रतिक्रिया दिनुहोस्