महिला यू:१९ एसिया कप : नेपाल बङ्गलादेशसँग ९ विकेटले पराजित

काठमाडौं : नेपाल एसीसी महिला यू-१९ एसिया कपको सुपर फोरमै रोकिएको छ । सुपर फोरको आफ्नो अन्तिम खेलमा शुक्रबार बंगलादेसँग ९ विकेटले पराजित भएसँगै नेपाल अन्तिम चारबाटै बाहिरिएको हो ।

लिग चरणमा पाकिस्तानलाई पराजित गर्दै र भारतसँग अंक बाँड्दै सुपर फोरमा पुगेको नेपालले सुपर फोरको पहिलो खेलमा बिहीबार वर्षा बाधक भएपछि श्रीलंकासँग पनि अंक बाँडेको थियो । मात्र दुई अंक भएपछि नेपाल अघिल्लो चरणमा प्रवेश गर्नबाट बञ्चित भएको हो ।

धनगढी सूचना

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । उसको जितमा फाहोमिदा छोयाले नटआउट २६ र मोहम्मद इभाले १८ रन बनाइन् । इभा र छोयाले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । सुमैया सुबोर्ना १० रनमा अविजित रहिन् ।

कुशुम गोदारले एक विकेट लिएपनि हार भने टार्न सकिनन् । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रनमात्र बनाएको थियो । खेल वर्षाले प्रभावित भएपछि ११ ओभरमा छोट्याइएको हो ।

सावित्री धामीले ११ रन बनाइन् । अन्य कुनै ब्याटरले नेपालका लागि दोहोरो अंकको स्कोर छुन सकेनन् । क्याप्टेन पूजा महतोपनि बंगलादेशविरुद्धको खेलमा ९ रनमा क्याच आउट हुन पुगिन् ।

नेपाललाई कम योगफलमा समेट्ने क्रममा फरजाना इस्मिन, अनिसा सोबा, फाहोमिदा छोया र हाबिबा इस्लामले समान एक विकेट लिए । महिला यू-१९ एसिया कपको उपाधिका लागि भने भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार