बैतडी : बैतडीको पुर्चौंडीमा आयुर्वेद औषधालय सञ्चालनमा आएको छ । पुर्चौडी नगरपालिका-५ दहतालमा बिहीबारबाट आयुर्वेद औषधालय सञ्चालनमा आएको हो ।
विभिन्न रोगहरुको उपचारमा आयुर्वेदिक औषधि दिने, थेरापी लगायतका सेवा दिने गरेर आयुर्वेद औषधालय सञ्चालनमा आएको दहताल आयुर्वेद औषधालयका वैद्य गौराकुमारी बोहराले जानकारी दिइन् ।
पुर्चौंडी नगरपालिका-४,५ र ६ का नागरिकलाई आयुर्वेदिक स्वास्थ्य सेवा दिने उद्देश्यले औषधालय सञ्चालनमा ल्याइएको पुर्चौंडी नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्