कैलाली : नेपाली कांग्रेस इतर समूहका नेता डा. शेखर कोइराला शुक्रबारदेखि सुदूरपश्चिमका कार्यक्रममा सहभागी हुने भएका छन् ।
कोइरालाले धनगढीमा ९ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ ।
उनले शुक्रबार धनगढीमा सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ । कोइरालाले पुस ६ गते नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम छ ।
उनीसँगै हृदयराम थानी, डा.गोविन्दराज पोखरेल, सुनिल शर्मा लगायतका नेताहरुले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्