‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौँथो संस्करण आगामी वैशाखमा हुने !

काठमाडौं : ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौँथो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले तीन वर्षदेखि आयोजना गर्दै आएको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने विश्वास लिइएको हो ।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले भन्नुभयो, “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्छ भन्ने हाम्रो विश्वास छ । विगतका शृङ्खलाले पनि स्थानीयलाई चलचित्रसँग सामिप्यता बनाउन सघाँएको पाएका छौँ ।”

धनगढी सूचना

उनले महोत्सवका लागि चलचित्र दर्ता आह्वान गरिएको बताउँदै वृतचित्र, छोटा चलचित्र, भाषाभाषीका चलचित्रलाई समावेश गरिने जानकारी दिए ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजना गरिने अध्यक्ष सापकोटाले बताए । गोरखाको लाप्राकबाट सुरु गरिएको महोत्सवको दोस्रो शृङ्खला काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा र तेस्रो शृङ्खला रामेछापमा आयोजना गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार