काठमाडौ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । बर्लिन, जर्मनी हुदैँ आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन्
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए।
केही दिन भारतमा रहँने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेकाे बुझिएकाे छ । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । उनले सम्भवतः प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणकाे तयारीका ’boutमा पनि छलफल गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्