धनगढीबाट ४ जना युवक लागूऔषधसहित पक्राउ

धनगढी : कैलालीको धनगढीबाट ४ जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट गोदाबरी नगरपालिका–११ बस्ने २६ वर्षीय महेश राज बोहरा जैशी ४१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। जैशीलाई लागूऔषध ब्युरो शाखाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी धनगढी उपमहानगरपालिका–१ शैलेश्वरी क्याम्पस नजिकबाट सोही ठाउँका २५ वर्षीय संजय नेपाली, २८ वर्षीय सुनिल नेपाली र ४७ वर्षीय लक्ष्मण पाकी पनि २६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यी तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार