प्रहरीमा जागिर छाड्नेको लर्को, चार महिनामा साढे १९ हजार आपराधिक घटना दर्ता

काठमाडौं :  चालू आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले जागिर छाडेका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको बताए। 

धनगढी सूचना

साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले बताए। 

पछिल्लो ४ महिनामा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएका छन । चालु आर्थिक वर्षको चार महिनामा दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ वटा मेश तयार भएका हुन्। हाल ४२१ वटा प्रहरी युनिटले अन्य निकायको भवनमा आश्रित भएर कार्यालय सञ्चालन गरिरहेको छ।

अपराधकाे तथ्यांक डरलाग्दो 

यो अवधिमा देशभर १९ हजार ४९८ आपराधिक घटना प्रहरीमा दर्ता भएका छन्। तीमध्ये बैंकिङ कसुर, आर्थिक कारोबार र ठगीका घटना सबैभन्दा बढी छन्।

चार महिनामा बैंकिङ कसुरमा मात्रै ४ हजार ३५९ उजुरी परेका छन्। चेक बाउन्सको मुद्दा मात्रै हेर्न मिल्ने प्रहरीका लागि आर्थिक अपराध सबैभन्दा चुनौती बनिरहेको तथ्यांकले देखाएको छ।

प्रहरीको तथ्यांक अनुसार चार महिनामा हत्याका १०९ घटना भएका छन् भने हत्या प्रयासका ३८२ उजुरी परेका छन्। त्यस्तै चार महिनामा अपहरणका ६५ उजुरी दर्ता भएका  छन्।

नेपाली समाजमा जबरजस्ती करणी अर्को जोखिम बन्दै गएको छ। चार महिनामा प्रहरीमा ८२३ घटना दर्ता भएको छ। नेपाली समाजमा  आमहत्याको तथ्यांक पनि डरलाग्दो छ। यो बीचमा २ हजार २३६ जनाले आत्महत्या गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार