यात्रु सवार डुंगा एक दर्दनाक दुर्घटनामा परेपछि…

काठमाडौं : मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको यात्रु सवार डुंगा एक दर्दनाक दुर्घटनामा परेपछि १३ जनाको ज्यान गएको छ । दुर्घटना इण्डियन नेवीको एक स्पिड बोटले ठक्कर दिँदा भएको हो ।

नेवीका अनुसार स्पिड बोटको इन्जिन परीक्षणका क्रममा नियन्त्रण गुम्दा यो दुःखद घटना भयो । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै मृतकको संख्या १३ पुगेको पुष्टि गरेका छन्। मृतकमा नेवीका तीन जवान पनि छन् ।

धनगढी सूचना

दुर्घटनामा १०१ जनाको उद्धार गरिएको छ भने मृतकका परिवारलाई राज्य सरकारले पाँच-पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । यो घटनाले नेवीको सुरक्षाका उपायप्रति प्रश्न उठाएको छ । यो एक महिनाभित्र इण्डियन नेवीसँग सम्बन्धित दोस्रो डुंगा दुर्घटना हो ।

अघिल्लो दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनाको अनुसन्धान भइरहेको छ, र नेवीले यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक सुधारका कदम चाल्ने बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार