क्यानडा बस्ने जितेन्द्र सुदूरपश्चिमका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार

Call24News

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले डा. जितेन्द्र उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्। टीकापुर नगरपालिका–१, कैलाली निवासी डा. उपाध्यायलाई “मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि, २०८१” को दफा ३, उपदफा १ (क) बमोजिम नियुक्त गरिएको हो।

नियुक्ति मिति २०८१ मंसिर ३ देखि लागू हुनेछ। सल्लाहकारका रूपमा डा। उपाध्यायले सो कार्यविधिको दफा ९ र अनुसूची २ अनुसार पारीश्रमिक र सुविधा पाउनेछन्। मुख्यमन्त्री शाहले नियुक्ति पत्रमार्फत डा. उपाध्यायलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बधाई दिएका छन्। उपाध्याय हाल क्यानडा बस्दै आएका छन्।

Galaxy

डा. उपाध्याय यसअघि विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनको अनुभवले प्रदेश सरकारलाई थप सहयोग पुर्‍याउने विश्वास गरिएको छ। यस अगाडिका मुख्यमन्त्रीले भने राजनैतिक सल्लाहकार राखेका थिएनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार