पासोमा परेको चितुवा भागेपछी …

Call24News

बैतडी : बैतडीमा पासोमा परेको चितुवा भागेको छ । दशरथचन्द नगरपालिका-२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा जंगली बँदेलका लागि किसानहरुले पासो थापेका थिए ।

सोमबार राति उक्त पासोमा फसेको चितुवा मंगलबार राति पासो चुँडालेर भागेको हो । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि चितुवा पासो चुँडालेर भागेको डिभिजन वन कार्यालयका वन अधिकृत नरेशचन्द्र कर्णले बताए ।

धनगढी सूचना

चितुवाको घाँटी पासोमा परेको थियो । मंगलबार दिनभरी पासोमै रहेको चितुवाको घाँटीमा ठुलो घाउ परेको बताइएको छ । चितुवा घाइते भएकोले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको वन अधिकृत कर्णले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार