संघीय संसद्का चार समितिको बैठक आज बस्दै

Call24News

काठमाडौं : संघीय संसद्का चार समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ता सांसदहरूसंग छलफल गर्ने कार्यसूची छ ।

Galaxy

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ९ बजे बस्ने तय भएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा आज पनि राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायबारे छलफल हुनेछ।

छलफलका लागि आज नीति अनुसन्धान प्रतिष्ठानका अधिकारीलाई बोलाइएको छ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा।डा।लेखनाथ शर्मालाई बोलाएको संसद सचिवालयले जनाएको छ। बिहीबार समितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीसँग छलफल गरेको थियो।

यस्तै राष्ट्रिय सभाकै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बिहान ११ बजे बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसदीय सचिवालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार