टस जितेर चितवनले पहिले फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीलाई ब्याटिङको निम्तो

Call24News

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन्। टस जितेर चितवनले पहिले फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ।

दुवै टिमले लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंक सहित प्लेअफमा स्थान बनाएका हुन्। लिग चरणमा चितवनले फास्ट बलिङ र आक्रामक ब्याटिङ प्रदर्शन गरेको थियो। कर्णालीले पनि सुरूआती दुई खेल गुमाएपछि शानदार पुनरागमन गर्दै लगातार ४ खेल जितेको थियो।

SHIKHAR COOL TECH

लिग चरणमा चितवनविरुद्ध कर्णाली विजयी भएको थियो। चितवन सो हारको बदला लिने योजनामा हुनेछ भने कर्णाली सोही नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ।

यो एलिमिनेटर खेल भएकाले पराजित हुने टोली आज प्रतियोगिताबाट बाहिरिने छ।

विजयी टोलीले पहिलो क्वालीफायरमा हार बेहोर्न टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार