कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको हो ।

सोमबार कैलालीको लम्कीचुहा नगरपालिका-१ पुर्व लम्कीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ८९ हजार ५०० मूल्यको प्याज, चिनी, चामल, खाने तेल, पास्ता, पानीपुरी लगायतका समानसहित लम्कीचुहाकै थकालीपुर बस्ने २८ वर्षीया आशा हमाल र २५ वर्षीया वविता शाही पक्राउ परेका प्रहरीले बताएको छ ।

Seti Hospital

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सामान र उनीहरु दुवैलाई नियन्त्रण लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सत्ती पठाएको जनाएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका-२ आदर्श चोक, रुवस चोक नजिक, धनगढी-३ सिसा पोष्ट, धनगढी-७ मनेहरा र धनगढी-९ त्रिवेणीघाटबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ९४ हजार ३०४ मूल्यको चिनी, साबुन, बिस्कुट, मिठाई, चक्लेट, सुर्ती, साडी, सल, स्विटर, नट बोल्ड, फलामको सिक्रि, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ४० हजार ३०० मूल्यको जुत्ता, कपडा, हार्डवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार