बैतडी : बैतडीमा नि:शुल्क आँखा शिविरबाट ४९३ जनाले सेवा लिएका छन् । रुइत फाउण्डेसनको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा पाटनमा आइतबार र सोमबार सञ्चालित शिविरबाट २९० महिला र २०३ जना पुरुषले सेवा लिएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्टले बताए ।
दुर्गम क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घरदैलोमा आँखा सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताइएको छ । नेत्र अधिकृत विष्टका अनुसार शिविरमा ११२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ७४ जनालाई नि:शुल्क चश्मा वितरण गरिएको छ । अन्य ३०७ जनालाई औषधि वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्