कैलालीको त्रिनगर भन्सार नाका सोमबार रातिसम्म बन्द रहने


धनगढी : कैलालीको त्रिनगर भन्सार नाका सोमबार रातिसम्म बन्द रहने भएको छ । भारतको उत्तर प्रदेश खिरी जिल्लाको नगर परिषद् अध्यक्षको उप निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि सीमा नाकाको आवतजावत बन्द गरिएको हो ।

उपनिर्वाचनका कारण आइतबार राति १२ देखि सोमबार राति १२ बजेसम्म नाकाको आवतजावत बन्द रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । साँझ ५ बजेसम्म मतदानको समय तोकिएपनि भारतीय पक्षको आग्रहअनुसार रातिसम्मै नाका बन्द रहने उनले बताए ।

धनगढी सूचना

यो अवधिमा त्रिनगरदेखि भारतको खोनपुरसम्म आवागमन गर्न पाइने छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार