नेपालमा पनि बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा घाइते अवस्थामा पक्राउ

काठमाडौं : नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनी घाइते अवस्थामा भारतबाट नेपालतर्फ भागेर आइरहेको अवस्थामा सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत दसगजा क्षेत्र नजिकबाट पक्राउ परेका हुन् ।

SHIKHAR COOL TECH

गोप्य सूचनाको आधारमा डिएसपी पासवानको कमाण्डमा खटेको प्रहरी टोलीले आरिफलाई हात, खुट्टा लगायत शरीरका बिभिन्न भागमा चोट लागेर घाइते भएको अवस्थामा मंसिर २९ गते बिहान नै नियन्त्रणमा लिएको थियो । उनको सिरहा प्रादेशिक अस्पतालमा उपचार पश्चात सोमबार थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको डिएसपी पासवानले बताए । त्यसपछि मात्रै प्रहरीले यो सूचना सार्वजनिक गरेको हो ।

डिएसपी पासवानका अनुसार आरिफ १६ जेठ २०८० मा दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित एनएमबि बैंकमा ४र५ जनाको हतियारधारी समूहले ३८ लाख रुपैयाँ लुटपाट गरेको घटनामा संलग्न भएको फरारी अभियुक्त रहेका छन् ।

यस्तै १० फागुन २०७९ मा सिरहाको कल्याणपुरस्थित ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल बर्ष ४३ का उपेन्द्र साहले मिर्चैया नगरपालिका ६ स्थित रहेको ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिएर ज।६।प।८१८५ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा मिर्चैया नगरपालिका ।३ बताहा पुल नजिक ४ जनाको हतियारधारी समूहले लुटपाट गरेर भागेका थिए । सो घटनामा पनि आरिफको संलग्नता रहेको डिएसपी पासवानले बताए ।

उनीमाथि भारत विहारको मधुवनी जिल्लामा हातहतियार, लुटपाट लगायत मुद्दा दर्ता रहेको र उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार