धनगढी नगर प्रहरीले डेढ हजार सर्पको गर्‍यो उद्धार

धनगढी : नगर प्रहरीले दुई वर्षको अवधिमा डेढ हजारभन्दा बढी सर्पको उद्धार गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले हालसम्म विभिन्न प्रजातिको एक हजार ५५४ सर्पको उद्धार गरेको हो ।

धनगढी सूचना

२०८० मा सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले सो काम थालेको थियो । तालिम प्राप्त नगर प्रहरीले धनगढी उपमहानगरपालिकासहित विभिन्न छिमेकी पालिका पुगेर सर्प उद्धार गर्ने काम गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०र८१ मा ८३४ र चालु आर्थिक वर्षको हालसम्म ७२० गरी नगर प्रहरीले उद्धार गरेको सर्पको सङ्ख्या एक हजार ५५४ पुगे धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । नगर प्रहरीले अजिङ्गर पाँच वटा, करेत ३२, कमन करेत २८, लक्ष्मी नाग ५१ वटा उद्धार गरिएको छ ।

यसैगरी, कालो गोमन १४५, गोमन तीन, राज गोमन (किङ कोब्रा )पाँच, कमन कोब्रा १११, भाइपर पिट छ वटा उद्धार गरिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी २२९, भदौमा १७६, असोजमा १४८, कात्तिकमा १३१ र मंसिरमा ३६ वटा सर्पको उद्धार गरेको जनाइएको छ । चिसो बढेपछि सर्प सक्रिय नभइ सुसुप्त हुने (हाइबर्नेसनमा जाने )गर्दछन् ।

नगर प्रहरीले उद्धार गरेर ल्याएको सर्पलाई सुरक्षित स्थानमा छोड्ने गरेको छ । यसअघि, सर्प उद्धारकर्ता नहुँदा घरभित्र देखिएका धेरैजसो सर्पलाई मार्ने गरिएको थियो । अचेल घर वा घर आसपासमा सर्प देखिएपछि मान्छेले उद्धारका लागि नगर प्रहरीलाई बोलाउने गरेको जनाइएको छ । नगर प्रहरीले सर्प उद्धारको काम थालेपछि धेरैको ज्यान जोगिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार