कैलालीमा खैरो हिरोइनसहित दुई जना पक्राउ


धनगढी : कैलालीमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार बेलुका घोडाघोडी नगरपालिका-२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षका पहलमान शाही रटीकापुर नगरपालिका१ जमरा टोल बस्ने २७ वर्षका मनिष गिरी पक्राउ परेका हुन् ।

शाहीलाई ४० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

Seti Hospital

त्यस्तै, गिरीलाई भजनी नगरपालिका(३ कुसुमघाटमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ७१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित सशस्त्र प्रहरी बीओपी कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार