काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८र३८ रन बनाए।
यस्तै सैफ जैबले ११, विनोद भण्डारी र आरिफ सेखले समान ४र४ रन बनाउँदा ब्राण्डोन म्याकमुलेनले तीन रन जोडे। सुदूरपश्चिमले अतिरिक्त ७ रन प्राप्त गर्यो । बलिङतर्फ कर्णालीको लागि कप्तान सोमपाल कामी, विपीन शर्मा र नन्दन यादवले समान एक÷एक विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस्