गेटामा निशुल्क स्वास्थ्य शिविर हुने

Call24News

धनगढी : कैलालीको गेटामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको गेटा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिन लागेको हो । बैतडी दार्चुला एकता समाज गेटा कैलालीको आयोजना तथा धनगढी स्थित माया मेट्रो अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

पुस ६ गते आयोजना गरिन लागेको निशुल्क स्वास्थ्य शिविरमा प्रस्तुती तथा स्त्री रोग, बाल रोग, शल्यचिकित्सक, हाडजोर्नी र रेडियोलोजी सम्बन्धी सेवा दिइने बैतडी दार्चुला एकता समाज गेटाका सचिव अमर बिष्टले बताए । बिहान साढे ९ बजेदेखी सञ्चालन हुुने शिविर साँझ ४ बजेसम्म चल्ने उनले जानकारी दिए । शिविरमा निशुल्क परामर्श सेवा, भिडियो एक्सरे, सुगर जाँच, रगत जाँच तथा निशुल्क औषधी सम्मको सेवा रहने उनले बताए ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार