सुदूरपश्चिममा डिआइजी चन्दले कमाण्ड सम्हाले,के.सी काठमाडौं हिडे

Call24News

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीको सरुवा भएको छ। उनको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा सरुवा भएको छ।

उनलाई निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले मायाको चिनो दिएर बिदाइ गरेका छन्। यस्तै उनको स्थानमा आएका डीआईजी गणेश चन्दले सोमबारबाट कमाण्ड सम्हालेका छन्। काठमाडौंबाट धनगढी आएका उनले पदभार ग्रहण गर्दै कमाण्ड सम्हालेका हुन्। चन्द सुदूरपश्चिमका स्थानीयसमेत हुन्। हालै डीआईजीमा बढुवा भएका चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पठाइएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार