गाजामा इजरायली हवाई आक्रमण, मेयरसहित २२ जनाको मृत्यु

काठमाडौँ : गाजामा इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासका अनुसार यी २२ मध्ये एक मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर हुन्। इजरायलले हमासलाई हमलाको निशाना बनाइरहेको बताउँदै आएको छ। 

इजरायलले विद्यालयलाई हमासले आफ्नो आधार र अन्य चीजहरूको लागि प्रयोग गरिरहे आरोप लगाएको छ। तर हमासले भने इजरायलको यो आरोपलाई धेरै पटक अस्वीकार गरेको छ।

Seti Hospital

हालसालै अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानले गाजामा युद्धविराम सम्झौताको सम्भावना व्यक्त गरेका थिए । गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए ।

त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार