पत्रकार महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा भरत शाह निर्वाचित

कैलाली : नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्। मीन बमलाई २४५ मतान्तरले पराजित गर्दै अध्यक्षमा शाह निर्वाचित भएका हुन्।

उपाध्यक्षसहितका अन्य पदमा पनि शाहकै प्यानलका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा डडेल्धुराका राम धामीलाई पराजित गर्दै डडेल्धुराकै मानबहादुर साउद निर्वाचित हुँदा महिला उपाध्यक्षमा कैलालीकी कालीमैंया चौधरीलाई पराजित गर्दै कञ्चनपुरकी हेमन्ती डगौरा चौधरी निर्वाचित भए।

धनगढी सूचना

धामीले २८० मत पाउँदा साउदले ३३३ मत पाएका थिए। महिला उपाध्यक्षमा कालीमैंयाले २६१ मत पाउँदा हेमन्तीले ३३६ मत पाइन्।

महासचिवमा कैलालीका हरि जोशीलाई पराजित गर्दै कैलालीकै शिवराज भट्ट निर्वाचित भए। जोशीले २६८ मत पाउँदा भट्टले ३४८ मत ल्याए। सचिवमा अछामका धनराज साउदले डडेल्धुराका भुवनेश्वरप्रसाद बोहरालाई पराजित गरे। साउदले ३९६ मत पाउँदा बोहराले १७३ मत पाए।

समावेशी सचिवमा कैलालीका मुकेश टेर्रालाई पराजित गर्दै कैलालीका इन्द्राकुमारी केसी इन्दु निर्वाचित भइन्। टेर्राले २३० मत पाउँदा केसीले ३५५ मत ल्याइन्। कोषाध्यक्षमा कैलालीका हरिश विकलाई पराजित गर्दै डडेल्धुराका वरुण पनेरु निर्वाचित भए। विकले २१९ मत पाउँदा पनेरुले ३७६ मत ल्याए।

सदस्यहरूमा शाह प्यानलका उम्मेदवारहरू अर्जुनबहादुर सिंहले ४२४, केशवदत्त भट्टले ४२८, कृतबहादुर विष्टले ४२१, दिनेशबहादुर कडायतले ३६४ र रमेशकुमार केसीले ३२३ मत पाएर विजयी भए। यसअघि समावेशी तीन महिला सदस्य, दलित, जनजाति, मधेशी र अल्पसङ्ख्यक गरी ८ जना निर्विरोध निर्वाचित भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार