मुम्बई : एकरात प्रहरी हिरासतमा बसेर जमानतमा बाहिर आएका दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफु निर्दोश रहेको बताएका छन् ।
केही दिन अधि दक्षिण भारतको सन्ध्या थिएटरमा आफ्नो चलचित्र पुष्पा २ हेर्न परिवारसँग उनी जाँदा त्यहाँ उनलाई हेर्न आउने शुभचिन्तकहरुबीच भागदौड भएको थियो । सो भागदौडमा एकजना महिलाको ज्यान गएको थियो ।
सो महिलाको ज्यान उनले लिएको आरोपलाई अल्लु अर्जुनलाई जिल्ला अदालतले १४ दिन थुनामा राखेर अनुसन्धान गर्न बिहिबार पक्राउ गरेको थियो । शुक्रबार रिहा भएसँगै अल्लु अर्जुनले पत्रकार सम्मेलन आयोजना गर्दै आफु यो प्रकरणमा निर्दोश भएको बताएका छन् ।
अल्लु अर्जुनले ती मृतकको परिवारसँग माफी मागेका छन् । आफु हिरासतमा बस्दा ती महिलाको पीडाले रातभरी नसुतेको पनि उनले खुलाए । यस क्रममा उनले आफ्ना प्रसंसकहरुलाई पुष्पा २ प्रति साथ दिएको भन्दै धन्यवाद ज्ञापन पनि गरेका छन् ।
‘यो सबै दुर्घटना थियो। म मेरो परिवारसँग चलचित्र हेर्न थिएटर गएको थिएँ । यो घटना बाहिर भएको रहेछ र मलाई पछि मात्र जानकारी भयो ।’ उनले पत्रकार सम्मेलनका क्रममा भने,‘यो घटनासँग मेरो प्रत्यक्ष सम्बन्ध छैन। म पूर्ण रूपमा मृतक महिलाको परिवारको साथमा छु, म उनीहरूलाई सम्भव भएसम्म मद्दत गर्नेछु ।’ उनले यस अघि नै मृतकको परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरिसकेका छन् ।
अल्लु अर्जुनले विगत २० वर्षमा ३० भन्दा बढी त्यो चलचित्र घरमा चलचित्र हेर्न गएको पनि बताए । आजसम्म यस्तो कहिल्यै नभएको जनाउँदै यो घटनाबाट आफु धेरै दुखी भएको पनि उनले बताए ।
अल्लु अर्जुनका बुवा एवम् अग्रज चलचित्रकर्मी अल्लु अरविन्दले पनि सो घटनाप्रति समवेदना प्रकट गरे । यो घटनामा छोरा अन्जान रहेको र छोराले आफु सो चलचित्र घरमा चलचित्र हेर्न जाने’bout एक दिन अघि नै प्रहरीलाई जानकारी गराउँदै सुरक्षाको व्यबस्था गर्न पनि अनुरोध गरेको वुवाले जानकारी गराए ।
अल्लु अर्जुनको यो मुद्ध यतिबेला जिल्लाबाट उच्च अदालत पुगेको छ । यस विषयमा बहस जारी रहेको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्