महेन्द्रनगरबाट खैरो हेरोइनसहित २ जना भारतीय नागरीक पक्राउ

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारबाट खैरो हेरोइनसहित २ जना भारतीय नागरीक पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारको सब्जी मन्डी जाने रोडमा युपी ०६ बिडी ८८०२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा पक्राउ परेका हुन्।

Seti Hospital

११ दश्मलव ८३ ग्राम लागूऔषध (खैरो हेरोइन)सहित उनीहरुले प्रयोग गरेको मोटरसाइकल र दुवैजनालाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार