काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषदले एकै पटक आठ डीन नियुक्त गरेको छ । शनिबार सर्वसम्मति डीन नियुक्त गरिएको हो ।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो । नियुक्ति पाएकाहरूलाई आज नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ ।
को-को बने डिन ?
- शिक्षाशास्त्र संकाय- प्रा.डा. बेदराज आचार्य
- वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल
- चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा.डा. मोहोनराज शर्मा
- मानविकी तथा सामाजिकशास्त्र- प्रा.डा. द्विविनन्द ढकाल
- व्यवस्थापन संकाय- प्रा.डा. महानन्द चालिसे
- विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा.डा. शंकर खनाल
- कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल
- इन्जिनियरिङ अध्ययन संस्थान- प्रा.डा. सुशीलबहादुर बज्राचार्य
तीन निर्देशक
- शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक डा. सहप्राध्यापक राजेन्द्र कुँवर
- व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक प्राडा मिनाराज भण्डारी
- योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा
प्रतिक्रिया दिनुहोस्