सुदूरपश्चिम प्रदेशमा तीन हजार ७२३ जनाले एआरटी सेवा लिँदै एड्स सङ्क्रमित

धनगढी : सुदूरपश्चिम प्रदेशमा तीन हजार ७२३ जना एचआइभीरएड्स सङ्क्रमितले उपचार गराइरहेका छन् ।

प्रदेशभरि चार हजार नौ सय एचआइभी सङ्क्रमित पत्ता लागे पनि उपचार गराउनेको सङ्ख्या कम रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार बाजुरामा ६२, बझाङमा ९१, दार्चुलामा ४५, बैतडीमा १२८, डडेलधुरामा ११५, डोटीमा ४९३ सङ्क्रमितले हाल उपचार गराइरहेका छन् ।

धनगढी सूचना

यसै गरी अछाममा ५८४, कैलालीमा एक हजार ७४५ र कञ्चनपुरमा ४६० जना सङ्क्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ । उपचार गराइरहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोतव्यक्ति मनोज ओझाले जानकारी दिनुभयो ।

यस प्रदेशमा पछिल्लो तीन वर्षयता नयाँ एचआइभी सङ्क्रमित थपिने सङ्ख्या स्थिर रहेको निर्देशनालयले जानकारी दिएको छ । फेला परेका सङ्क्रमितलाई नियमित उपचारमा ल्याएका र एआरटी सेवाका कारण सङ्क्रमण दर घटेको ओझाले बताउनुभयो । अहिले एआरटी औषधी धेरै राम्रो आएको उल्लेख गर्दै नियमित एआरटी खाएमा सङ्क्रमितबाट एचआइभी सर्ने दर ९भाइरल लोड० ९० प्रतिशत कम हुने गरेको बताइएको छ ।

नियमित औषधी सेवन गर्ने सङ्क्रमित सामान्य जीवनयापन गर्ने गरेको जनाइएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा प्रदेशभरि २१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमा पुरुष १२९, महिला ८५ र यौनिक अल्पसङ्ख्यक चार रहेको जनाइएको छ ।

नयाँ पत्ता लागेकामध्ये २१४ जनाले उपचार गराइरहेका निर्देशनालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नयाँ पत्ता लागेको सङ्ख्या केही कम रहेको निर्देशनालयका एचआइभी स्रोतव्यक्ति ओझाले बताउनुभयो ।

यसैबिच गत आवमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पुरुष ४०, महिला २३ र यौनिक अल्पसङ्ख्यक एक रहेको जनाइएको छ ।

विगतमा यो प्रदेशमा एचआइभीरएड्सको समस्या भयावह रहेको थियो । पछिल्लो समय सङ्क्रमण दर धेरै घटे पनि गत आवसम्म यो प्रदेशभरि अनुमानित चार हजार २६५ जना एड्स सङ्क्रमित रहेको बताइएको छ ।

दिगो विकास लक्ष्य अनुसार नेपालमा सन् २०३० सम्म एचआइभी सङ्क्रमणको महामारी दर शून्यमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य महìवकाङ्क्षी जस्तो लागे पनि असम्भव नरहेको निर्देशनालयका स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताउनुभयो । सबैको सहयोगमा लक्ष्यलाई पूरा गर्न सकिने उहाँको भनाइ थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार