पत्रकार महासंघ कैलाली शाखाको शुक्रवार सम्पन्न निर्वाचनमा ओझा लोकप्रिय मतका साथ विजयी

धनगढी : नेपाल पत्रकार महासंघ कैलाली शाखाको शुक्रवार सम्पन्न निर्वाचनमा अत्तरिया अनलाइनका प्रबन्धक बालकृष्ण ओझा लोकप्रिय मतका साथ विजयी भएका छन् । उनी महासंघको सदस्यमा सबैभन्दा बढी मतका साथ विजयी भएका हुन ।

१० सदस्य पदका लागि भएको निर्वाचनमा ओझाले सबैभन्दा बढी १०४ मत पाएका थिए ।  पत्रकार महासंघ कैलालीको निर्वाचनमा १५१ जनाले मतदान गरेका थिए ।

धनगढी सूचना

अन्य सदस्यमा कैलाश जोशी ९८ मत, दिनेश विष्ट ९६ मत, गगन अयडी ८५ मत, रतनलाल चौधरी ८४ मत, वीरेन्द्र शाह ७४ मत, लोकु सिंह ठकुरी ६९ र चन्द्र प्रसाद खनाल ६८ मत प्राप्त गरेका थिए ।

यस्तै महिला सदस्यमा अनिता चौधरीले ८७ मत र दलित सदस्यमा विवेक कुमार नागरीले ७७ मत पाएका छन् ।  पदाधिकारीमा बिराज रोस्याराले १०४ मत, सचिवमा तेजराज भट्ट १ सय मत,  कोषाध्यक्षमा सुनिल आउजीले ९६ मत, सह–सचिव (समावेशी) मा निराजन परियारले ७९ मत पाएका छन् ।

यसअघि पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शङ्कर बोहरा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका थिए ।

जिल्लामा ३ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित हुँदा ४ पदाधिकारी र १० सदस्यका लागि निर्वाचन भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार