जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न !

कैलाली : कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको २१औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री प्रकाश बहादुर बम रहेका थिए भने विशिष्ठ अतिथिमा प्रदेशकी सांसद तुलसी देवकोटा रहेकी थिइन् । कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया सहित विभिन्न वडाका जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

धनगढी सूचना

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष कार्किले, बाह्य प्रतिवेदन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले, आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समितिकी संयोजक शारदा सुवेदी, संस्थाको अनुमानित बजेट कोषाध्यक्ष रेनुका बि.क र आगामी आर्थिक वर्षका कार्यक्रम सम्बन्धी प्रतिवेदन सचिव मनिषा बोहराले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक साउँदले गरेकी थिइन् ।

संस्थाले नगरपालिकाको वडा नं. १२ मा रहेको प्रगती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थासँग एकिकरण गरी सेवा प्रवाह गर्दै आईरहेको छ । हाल उक्त वडामा संस्थाले सेवा केन्द्र सञ्चालन गरेको छ ।

संस्थाको कार्य विस्तार गर्न, संस्थाको दोहोरो सदस्यता नियन्त्रण गर्न तथा सहकारीहरुको आवश्यक भन्दा बढी संख्याहरु घटाउन एकिकरण गरिएको संस्थाकी प्रबन्धक क्षेत्रा साउँदले बताइन् । उनले एकिकरणले संस्था सञ्चालनको फजुल खर्च कटौति गर्नुका साथै महिलालाई बहुउद्देश्यिय कार्य गर्न पनि टेवा पुगेको बताइन् ।

हाल दुवै शाखामार्फत सहकारीले शेयरसदस्यहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको उनको भनाइ छ । उनका अनुसार संस्थाबाट धेरै जसो महिलाहरुले ऋण लिएर उद्यमशिल कार्य गर्दै आइरहेका छन् । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहकारीले अझै पनि विभिन्न योजनाहरु अघि सारेको बताइन् ।

२०५९ सालमा २५ जना महिलाहरुद्धारा संकलित १ लाख शेयरपुँजिबाट सुरु भएको सहकारीमा ३ हजार ३०१ शेयरसदस्य र ३ करोड ५२ लाख ५५ हजार ४०० रुपैया शेयरपुँजि रहेको छ ।

२९ करोडको कारोबार
संस्थाले दुई सहकारीमार्फत २९ करोडको कारोबार गरेको छ । संस्थाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल २९ करोड ५७ हजार २२९ रुपैयाको कारोबार गरेको छ । जसबाफत संस्थाले ५७ लाख २९ हजार १८५ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । प्रतिवेदन अनुसार संस्थाको निक्षेप २१ करोड २६ लाख ८५ हजार ७१७ रुपैया रहेको छ भने २० करोड ५५ लाख ६६ हजार २७८ रुपैया लगानी रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार