धनगढी : धनगढी चौराहामा रहेको एनआइसी एसिया बैंकको शाखाबाट पैसा झिक्दा नक्कली नोट फेला परेको छ । आज शुक्रबार बिहान एक सेवाग्राहीले बैंकबाट १ लाख १२ हजार पैसा झिकेर प्रभु बैंकमा जम्मा गर्ने बेला उक्त नक्कली नोट फेला परेको हो ।
प्रभु बैंकमा मेसिनले काउन्ट गर्दा लाखको गड्डीभित्र १ हजारको नक्कली नोट फेला पारेको हो। सेवाग्राहीका अनुसार १ लाखको गड्डीभित्र प्रभु बैंकले १ हजारको नक्कली नोट फेला पारेर आफैसँग राखेको र आफू फेरि एन आई सि बैंकमा आएर जानकारी गराउँदा मलाई १ हजार नगद दिइसकेको समेत बताए ।
बैंकभित्र नै नक्कली नोट भेटेपछि बैंकले भने कुनै गड्डीमा कसैबाट आएको हुन सक्छ भनी सामान्य रूपमा लिएको सेवाग्राहीले नाम नबताउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्